Sunday, May 25, 2014
Tribute to my Mom
हार—जीत
हार—जीत
तिम्रो हार भयो आज ?
मैले सोधेँ ।
होइन, तिम्रो हार
भयो आज
अनि मैले जितेँ ।
उनको जवाफ थियो ।
हामीले आज एउटा खेल खेल्यौँ ।
दुवैको भागाभाग भयो ।
स्वाँ –स्वाँ र फ्वाँ–फ्वाँ
यता उति दौडियौँ अनि मच्चियौँ ।
कहिले उनले मलाई भेट्टाइन्
कहिले मैले उनलाई भेट्टाएँ ।
एकछिन उनी माथि परिन
एकछिन म माथि परेँ ।
मैले भनेको उनले मानिनन् ।
उनले भनेको मैले मानिनँ ।
मैले दिएँ उनले भने जति
उनले लिइन् मनले मागे जति
फेरी खै के रन्को प–यो हामीलाई
उनले कोही गुहारिन् आफ्नो इच्छा पूर्ति गरी
मलाई देखाउन,
मैले पनि त्यसै गरेँ
कोही गुहारेँ आफ्नो इच्छा पूर्ति गरेँ ।
उनले भनिन् देखिस्
आँखाको भावमा
मैले भने देखिस्
मुस्कानको भाकामा ।
सायद उनको भावमा विजयको उल्लासमय वातावरण थियो
त्यो भन्दा बढी
मलाई हराएकोमा खुसीको चित्कार थियो ।
मलाई पनि त्यस्तै लाग्यो ।
मेरो मुस्कानमा जीतको अट्टाहास थियो ।
मेरो ओठमा विजयको चुम्वन थियो ।
अनि फेरी
मैले उनलाई हेरेँ ।
उनका आँखा फुलीएको भाव भंगीमा
जितको आँसु छल्काई रहेको थिएँ
मलाई नदेखेको वाहाना गरेँ ।
मैले पनि देखे झैँ नदेखी गरी
उनको आफ्नो विजयको वीभत्सलाई वढाइ दिएँ ।
फेरी साँझ,
मैले तिमीलाई जीते उनले भनिन् ।
होइन मैले भनेँ तिमीलाई मैले हराएँ
होइन होइन को जुहारी चली रह्यो ।
धेरै वेर,
पछि,
अलिङ्गनमा फेरी जीतहारको
क्रम चलिरह्यो ।
म चकित छु
त्यहाँ कस्ले जित्यो ? कसले हा–यो ?
धेरै पर सम्म धेरै पछि सम्म...
मैले जीतेँ...
मैले हराएँ...
तिमीले हार्यौ
मैले जीतेँ ....... को क्रम चलिरह्यो ।
शुन्यता, मौनता,
चकमन्नता
सबै बिग्रियो, भताभुङ्ग
भयो
मात्र आफ्नो आफ्नो जीतको खुसीमा
हाम्रो सम्बन्ध टुक्रियो ।
हाम्रो सम्बन्ध टुक्रियो ।
—१० असोज २०६७
काव्य
Post title
cfkm}nfO km'Nofpg] k|of;df